हैटीमा हैजाका कारण ज्यान गुमाउनेको संख्या बढ्न सक्ने : विश्व स्वास्थ्य संगठन

हैटीमा हैजाको प्रकोपका कारण ज्यान गुमाउनेको संख्या जानकारीमा आएकोभन्दा निकै बढी हुनसक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

पछिल्लो पटक हैटीमा हैजाबाट ७ जनाले ज्यान गुमाएको विवरण सार्वजनिक भएको थियो । तर यो भन्दा धेरैले ज्यान गुमाएका हुन सक्ने र हैजा पुनः महामारीका रुपमा आउने सक्ने डब्लूएचओले चेतावनी दिएको छ ।

झण्डै तीन वर्ष अघि हैटीमा हैजाको महामारी फैलिएको थियो । हैटीमा नाकाबन्दी, इन्धनको अभाव, विरोध प्रदर्शन र लुटपाटका कारण अवस्था थप बिग्रिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रवक्ता क्रिश्चियन लिन्डमेयरले हैजा तथा अरु अवस्थाले हैटीमा स्वास्थ्य र सरसफाइको स्थिति थप बिग्रन सक्ने बताउनुभएको छ ।

Share your love