हिन्दु परिषद नेपालको केन्द्रीय सदस्यबाट चिकेन स्टेसनका सञ्चालक अरुण झा निलम्बित

पर्साको वीरगंज महानगरपालिका वडा नम्बर ६ लोहारपट्टि स्थित चिकेन स्टेसन रेस्टुरेन्टका सञ्चालक अरुण झा हिन्दु परिषद नेपालको केन्द्रीय सदस्यबाट निलम्बित हुनुभएको छ ।

शनिबार चिकेन स्टेसनको आधिकारिक फेसबुक पेजमा “बिफ कबाब” मा १० प्रतिशतसम्म झूट दिईने भनेर विज्ञापन अपलोड भएको थियो ।

उक्त विज्ञापन अपलोड भएलगतै सामाजिक सञ्चालबाटै चर्को रुपमा बिरोद्ध हुनथाले पाछी केहि मिनटमा नै “बिफ कबाब” मा १० प्रतिशतसम्म दिईने भनेर गरिएको विज्ञापन हटाईयो ।

त्यसपछि प्रहरीको टोलि समेत उक्त रेस्टुरेन्टमा गएर छापामारी गर्दा “बिफ कबाब” को कुनै अवशेष फेला नपरेपछि फिर्ता आएको थियो । तर सामाजिक सञ्जालमा युवाहरुको समुहले चिकेन स्टेसनका सञ्चालक अरुण झालाई पक्राउ गरी कानुनि कारवाही गर्नु पर्ने माग गर्दै दिनहु बिरोद्ध गरिरहेका छन । युवाहरुले सामाजिक सञ्जालमा “बाईकट” चिकेन स्टेसनको अभियान नै चालाएका छन ।

सोमाबर मधेशी आयोजले घटनाको सत्यतथ्य छानविन गर्नको लागी गृहमन्त्रालयलाई परिपत्र पनि गरेको छ । बिभिन्न हिन्दु संघ संगठनमा आबद्ध युवाहरुको समुहले मधेशी आयोगमा दिएको निबेदन गृहमन्त्रालयको बिषय रहेको हुदा गृहमन्त्रालयलाई परिपत्र गरिएको आयोगका अध्यक्ष डा.विजय कुमार दत्तले बताउनुभएको छ  ।

स्थानीयको बिरोद्ध र प्रशासनद्वारा गरिने छनबिन तथा अनुसन्धानको घेरामा परेकोले हिन्दु परिषद नेपालको केन्द्रीय सदस्यबाट निलम्बन गरिएको हिन्दु परिषद नेपालको केन्द्रीय सचिवले जारि गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

हिन्दु परिषद नेपालका केन्द्रीय सदस्य अरुण झाले सञ्चालन गर्नुभएको “चिकेन स्टेसन” को सामाजिक सञ्जालमा आएको गतिबिधिले हिन्दुहरुको अस्थामाठी ठेश पुर्याएकोले हाम्रो गम्भीर ध्यानाकर्ष्ण भएको छ । निज अरुण झा विवादमा तानिए पछी स्थानीय प्रशासनद्वारा छनविन प्रक्रियामा रहेको बुझिएको छ , परिषदको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

त्यसकारण हाम्रो परिषदको कुनै किसिमको संलग्नता नरहेको जानकारी को साथै हिन्दु परिषद नेपालको केन्द्रीय सचिवालय कमिटिको बैठकबाट निज अरुण झालाई मिति २०७९-१२-१२ गतेदेखि साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको जानकारी समेत गराईन्छ , उक्त विज्ञप्तिमा भनिएको छ ।

Share your love