राहुल गान्धीलाई सरकारी निवास खाली गर्न नोटिस जारी

भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीलाई भारतीय संसद् लोकसभाले सरकारी निवास खाली गर्न भनेको छ।

लोकसभाको हाउजिङ कमिटीले सोमबार राहुललाई सरकारी निवास खाली गर्न नोटिज जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यसैबीच लोकसभाको वेबसाइटबाट पनि उनको नाम हटाइएको छ। लोकसभा सचिवालयका अनुसार राहुल गान्धी निर्वाचित भएको निर्वाचन क्षेत्र वायनाडलाई खाली घोषित गरिएको छ। निर्वाचन आयोगले उक्त क्षेत्रमा चुनाव घोषणा गर्नसक्ने बताइएको छ।

गान्धीलाई बिहीबार सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको मुद्दामा दुई वर्षको जेल सजाय र १५ हजार जरिवानाको फैसला सुनाएको थियो। फैसलाको भोलिपल्ट शुक्रबार राहुलको सांसद पद खारेज भएको थियो।

Share your love