हिंसात्मक गतिविधि छोडेर शान्तिपूर्ण राजनीतिमा आएकाको मुद्दा खारेज गर्नु हुँदैन : रमेश लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले हिंसात्मक गतिविधि छोडेर शान्तिपूर्ण राजनीतिमा आएकाहरुको मुद्दा खारेज गर्नु नहुने धारणा राख्नुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथिको सामान्य छलफलमा भाग लिँदै प्रमुख सचेतक लेखकले यस्तो बताउनुभएको हो । उहाँले ऐनमा हिंसात्मक क्रियाकलाप छोडेर शान्तिपूर्ण राजनीतिमा फर्किने समुहलाई उनीहरुको मुद्दा खारेज गर्नेगरी पारित गर्नु नहुने बताउनुभयो । यसको लागि राजनीतिक छलफल गरेर सहमति गर्नुपर्ने बताउनुभयो ।

सचेतक लेखकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अहिले सञ्चालनमा रहेको वीर अस्पताललाई समेत अलग गरेर जाने प्रस्ताव गरेको भन्दै यो प्रस्तावमा पनि पुनःविचार गर्नुपर्ने बताउनुभयो ।

Share your love