हामी माओवादीमा गएका हाेइनाैँ, चुनावी तालमेल मात्रै हाे : डा. भट्टराई

काठमाण्डौ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकारसहितको सङ्घीयताको मुद्दा मिलेका कारण नेकपा ९माओवादी केन्द्र० सँग चुनावी तालमेल गरेको बताउनुभएको छ ।

आज शुक्रवार पार्टीको काठमाण्डौ जिल्ला प्रथम भेलालाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले माओवादी केन्द्रसँग तालमेल गर्नुका कारण खुलाउनुभएको हो । उहाँले आफूहरू प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पहिचान, अधिकारसहितको सङ्घीयताको पक्षमा रहेको र माओवादी केन्द्र पनि त्यही पक्षमा रहेकाले आउँदो सङ्घीय र प्रदेश सभाको चुनावमा तालमेल गरिएको बताउनुभयो ।

अध्यक्ष भट्टराईले माओवादी केन्द्रसँग सुशासनको सम्बन्धमा भने अन्तर्विरोध रहेको स्पष्ट पार्नुभयो । उहाँले आफूहरू राम्रो काम गर्ने र गलत तत्त्वहरूलाई साथ दिन नहुने पक्षमा रहेको भन्दै यस सम्बन्धमा माओवादी केन्द्रसँग कुरा नमिलेको बताउनुभएको हो ।

उहाँले आफूहरू माओवादी केन्द्रमा प्रवेश गरेको नभइ आउँदो चुनावका लागि तालमेल तथा कार्यगत एकता मात्रै गरेको स्पष्ट पार्नुभयो । एकताको सम्बन्धमा चुनावपछि मात्रै छलफल हुने भन्दै अध्यक्ष भट्टराईले माधव नेपालसहितको वृहत् समाजवादी केन्द्र निर्माणमा सहमति जुटेमा एकता हुन सक्ने बताउनुभयो ।

Share your love