नेपाल टस जितेर बलिङ गर्दै

केन्यासँगको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर बलिङ गरिरहेको छ । नैरोबीमा टस जितेर नेपालले पहिला बलिङ रोजेको हो । आजको खेलमा नेपालको टोलीमा सन्दीप लामिछाने ९कप्तान०, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, करण केसी, आदिल अन्सारी, बसिर अहमद, पवन सरार्फ र सोमपाल कामी रहेका छन् ।

नेपाल र केन्याले पाँच खेलको टी–२० र तीन खेलको एकदिवसीय क्रिकेट खेल्न लागेका हुन् । यसअघि हिजो बिहीवार भएको खेलमा नेपाल पाँच विकेटले विजयी भएको थियो ।

नेपाल र केन्याबीचको तेस्रो खेल भदौ १२ गते, चौथो भदौ १३ मा र पाँचौँ खेल भदौ १४ गते हुनेछ । त्यस्तै नेपालले केन्यासँग तीन एकदिवसीय अभ्यास खेल पनि खेल्ने तालिका छ । तीन एकदिवसीय अभ्यास खेल भदौ १७, १८ र २० गते हुनेछ ।

 

Share your love