स्वास्थ्य मन्त्रालयको बजेट करिब ३९ प्रतिशत मात्रै खर्च

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको दश महिनामा विनियोजन बजेटमध्ये ३८.९३ प्रतिशत बजेट मात्रै खर्च गरेको छ । मन्त्रालयको लेखा शाखाका अनुसार पुँजीगत खर्चतर्फ ४९.१४ प्रतिशत र चालुतर्फ ३४ दशमलव ५४ प्रतिशत खर्च भएको हो ।

आर्थिक वर्ष २०७९÷८० का लागि स्वास्थ्य मन्त्रालयले ६९ अर्ब ३८ करोड २० लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमा १४ अर्ब ५३ करोड ७ लाख ४ हजार पुँजीगत खर्चतर्फ थियो भने ५४ अर्ब ४८ करोड २ लाख ८ हजार  चालु खर्चका  लागि भनेर विनियोजन गरिएको थियो ।

कुन शीर्षकमा भएन खर्च 

कोभिड—१९ रोकथाम तथा नियन्त्रण कार्यक्रमका लागि १५ अर्ब ४७ करोड ७० लाख बजेट विनियोजन गरिए पनि पनि खर्च भएको छैन । महामारी रोग नियन्त्रण कार्यक्रमका लागि ४७ करोड ३० लाख बजेट छुट्याइएको थियो । जसमा  १७.९१ प्रतिशत चालु खर्च भएको छ ।

उपचारात्मक सेवा कार्यक्रमका लागि ३ करोड ८० लाख विनियोजन गरिएको थियो । जसमा चालूतर्फ मात्रै २१ प्रतिशत खर्च भएको छ । एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका लागि ५५ करोड ८७ लाख विनियोजन गरिएको थियो । चालुतर्फ २७.३ प्रतिशत मात्रै खर्च भएको छ ।

क्षयरोग नियन्त्रण शीर्षकमा ६९ करोड ६६ लाख विनियोजन गरिएको थियो । चालुतर्फ ३१ प्रतिशत मात्रै खर्च भएको छ ।

६ प्रतिष्ठानले गरेको खर्च  

आ.व २०७९÷८० का लागि स्वास्थ्य मन्त्रालय अन्तर्गतका ६ वटा प्रतिष्ठानलाई विनियोजन गरिएको बजेटमध्ये १० महिनाको अवधिमा धेरैले ५० प्रतिशतभन्दा धेरै खर्च गरेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शतप्रतिशत बजेट खर्च गरेको छ  । उसले ११ करोड ९ लाख विनियोजित बजेटमध्ये चालु खर्च शीर्षकमा खर्च गरेको हो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि २८ करोड ९४ लाख विनियोजन गरिएको थियो । जसमध्ये चालु खर्चतर्फ शतप्रतिशत नै खर्च गरिएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २२ करोड ७३ लाख रकम विनियोजन गरिएको थियो । सो रकम पनि शतप्रतिशत नै चालु खर्च भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ४१ करोड १२ लाख विनियोजन गरिएको थियो । जसमध्ये सबै बजेट चालुतर्फ खर्च भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लागि २५ करोड ३४ लाख विनियोजन गरिएको थियो ।  जसमा ८३.३३ प्रतिशत चालु र ९.४५ प्रतिशत पुँजीगत खर्च भएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)मा ८६ करोड ५९ लाख विनियोजन थियो । जसमा ७५ प्रतिशत चालु र ५०.१९ प्रतिशत पुँजीगततर्फ खर्च गरिएको छ ।

स्वास्थ्य बीमा बोर्डको खर्च

स्वास्थ्य मन्त्रालय लेखा शाखाका अनुसार स्वास्थ्य वीमा बोर्डमा ७ अर्व ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यहाँ गएको १० महिनाका अवधिमा ८९.९८ प्रतिशत चालुतर्फ खर्च भएको छ ।

स्वास्थ्य अनुसन्धान परिषद्का लागि छुट्याइएको १५ करोड विनियोजन गरिएको थियो । चालूतर्फ सो बजेट शतप्रतिशत खर्च भएको छ ।

आयुर्वेद सेवा कार्यक्रमका लागि चालुतर्फ ५ करोड ३९ लाख र पुँजीगततर्फ १ करोड ९ लाख विनियोजन गरिएको थियो । जसमा ४२.३२ प्रतिशत चालु र ६.६६ प्रतिशत पुँजीगततर्फ खर्च भएको छ ।

औषधि विभागका लागि १४ करोड ६९ लाख चालू खर्चका लागि विनियोजन गरिएकोमा ५७.७२ प्रतिशत मात्रै खर्च भएको छ ।

यस्तै, औषधि विभागलाई १ करोड ९१ लाख पुँजीगत रकम छुट्याइएको थियो., जसमा १२.६२ प्रतिशत खर्च भएको छ ।

स्वास्थ्य-तथा-जनसंख्या-मन्त्रालय-अन्तर्गत-२०७९-1स्वास्थ्य-तथा-जनसंख्या-मन्त्रालय-अन्तर्गत-२०७९-2स्वास्थ्य-तथा-जनसंख्या-मन्त्रालय-अन्तर्गत-२०७९-3

Share your love