प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने
प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।
प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल भइरहेको छ । शुक्रबारको बैठकमा भने एमालेले अवरोध गरेको थियो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।
प्रधानमन्त्रीले जवाफ दिएपछि यही जेठ ५ गते संसदमा पेश भएको नीति तथा कार्यक्रम पारित हुनेछ ।