स्याङजा र बाजुरामा मतगणना गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले बाजुरा र स्याङजामा मतगणना गर्न निर्देशन दिएको छ ।

आयोगको बुधबार बसेको बैठकले बाजुरा र स्याङजा क्षेत्र नम्बर २ को मतगणना गर्न निर्देशन दिएको हो ।मंसिर ४ गते भएको मतदानमा धाँधली भएको भन्दै पुनः मतदान गर्न माग गर्दै उजुरी परेपछि बाजुरा र स्याङजामा मतगणना रोकिएको थियो ।

त्यसमाथि निर्णय गर्दे आयोगले पुनः मतदान नगर्ने निर्णय गरेको हो । उता दोलखामा बुथ क्याप्चरको उजुरी परेपछि दोलखामा केही मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय आयोगले यस अघि नै गरिसकेको छ ।

Share your love