सेनाद्वारा संयुक्त राष्ट्रसङ्घको स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना

काठमाण्डौ – नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

सेनाले ‘अन्तर्राष्ट्रिय शान्ति र स्थिरताका लागि ऐक्यबद्धता’ विषयवस्तुमा आधारित आज विभिन्न कार्यक्रमको आयोजना गरेको हो ।

सेनाले सैनिक मुख्यालय जङ्गी अड्डामा रहेको खेल मैदानमा अन्य सुरक्षा फौजको समेत सहभागितामा मार्च–पास्ट, झाँकी, जुम्बा र व्याण्ड प्रदर्शन गर्यो ।

त्यस अवसरमा काठमाण्डौ उपत्यकाभित्रका सैनिक आवासीय महाविद्यालयरविद्यालय र राष्ट्रिय सेवा दलका शिक्षार्थीद्वारा नृत्यसमेत प्रस्तुत गरियो ।

प्रधानसेनापति प्रभुराम शर्माले विभिन्न खेलकुद प्रतियोगिताका विजयीलाई पुरस्कार प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

पाँच किलोमिटर वाकाथन र तीन हजार दुई सय मिटर साइकल दौड प्रतियोगितासमेत सञ्चालन गरिएको थियो ।

‘युएन डे’ का अवसरमा सेनाले भोलि सैनिक मुख्यालयमा ‘संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्य तथा भावी सवल जिम्मेवारी’ विषयमा अन्तर्राष्ट्रिय कार्यशाला गर्दैछ ।

 

Share your love