सुनको भाउ आज स्थिर, चाँदी १५ रुपैयाँले घट्यो

सुनको भाउ आज स्थिर छ । सुन आज हिजो जस्तै तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेको छ । एक हप्तासम्म स्थिर रहेको चाँदीको भाउ आज १५ रुपैयाँले घटेर तोलामा एक हजार चार सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share your love