सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढ्यो

सुनको भाउ आज आज तोलामा एक हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा एक लाख १० हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको  छ ।

हिजो सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ९ हजार ८ सय रुपैयाँ पुगेको थियो । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलाको एक हजार चार सय ३५ रुपैयाँ रहेको थियो ।

Share your love