युक्रेनभित्र पश्चिमा देशका विशेष सैनिक बल रहेको खुलासा

युक्रेन युद्धबारे सार्वजनिक भएका दस्तावेजले युक्रेनभित्र पश्चिमा देशका विशेष सैनिक बलहरू रहेको देखाएको छ । दस्तावेजका अनुसार बेलायतले सबैभन्दा धेरै विशेष फौजका ५० वटा दस्ता युक्रेन पठाएको छ ।

त्यसपछि नेटो सदस्य लाट्भियाले १७, फ्रान्सले १५, अमेरिकाले १४ र नेदरल्यान्ड्सले एउटा पठाएका छन् । दस्तावेजले ती फौजहरू कहाँ छन् र के गरिरहेका छन् भन्नेबारे भने खुलाएको छैन । सैनिकहरूको सङ्ख्या कम र स्वाभाविक रूपमा थपघट हुनसक्ने बीबीसीले जनाएको छ । बेलायतले यस विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन ।

यो दस्तावेज चुहावट हुनु अगाडि रुसलेले युक्रेनसँग मात्र नभएर पश्चिमा देश र नेटोसँग लडिरहेको बताएको थियो । अमेरिकाले यी दस्तावेज कसरी चुहावट भए भन्ने बारे अनुसन्धान गरिरहेको जनाएको छ ।

Share your love