सुनको भाउमा उतारचढाव : बुधबार अहिलेसम्मकै उच्च, त्यसपछि ओरालो

 यो हप्ता सुनको भाउमा उतारचढाव देखिएको छ । बुधबार सुनकोे भाउ अहिलेसम्मकै उच्च थियो । मंगलबारको तुलनामा दुई हजार रुपैयाँले बढेर बुधबार सुन तोलाको एक लाख ११  हजार रुपैयाँमा पुगेको थियो ।

भोलिपल्ट बिहीबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेर एक लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भयो । हप्ताको अन्तिम दिन शुक्रबार फेरि तोलामा दुई सय रुपैयाँले घटेर  एक लाख १० हजार रुपैयाँ कायम भएको छ ।

बुधबार अहिलेसम्मकै उच्च रेकर्ड बनाउनु अघिल्लोे दिन मंगलबार सुनको भाउ तोलाको एक लाख ९ हजार रुपैयाँ थियो । हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर एक लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको थियो । सोमबार फेरि ६ सय रुपैयाँ घटेको सुनको भाउ मंगलबार र बुधबार भने बढेको थियो ।

अन्तर्राष्ट्रिय बजारमै भाउ उतारचढाव रहेकाले नेपाली बजारमा पनि त्यसको असर देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share your love