साेमप्रसाद पाण्डेयलाई हराउँदै पाल्पा २ ठाकुर गैरे विजयी

पाल्पा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य ठाकुरप्रसाद गैरे विजयी हुनुभएको छ । उहाँ ३ हजार ९ सय ६६ मतान्तरले विजयी हुनुभएकाे हाे

गैरेले २७ हजार ८ सय १७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का सोमप्रसाद पाण्डेयले २३ हजार ८ सय ५१ मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधि सभा सदस्य चुनावमा यस क्षेत्रमा ११ राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोमप्रसाद गैरेले ५ हजार १ सय ८० मत प्राप्त गर्नुभएको छ ।

 

Share your love