बढ्दो चिसोलाई मध्यनजर गरी वीरगंजमा कम्बल वितरण

चिसो बढ्दै गएका बेला वीरगन्जमा गरिब विपन्न र सहायहरुलाई एक गैर सरकारी संस्थाले कम्बल वितरण गरेको छ ।

जाडोमा कोहि पनि न्यानो कपडाले बिहिन नहोस भन्ने उद्येश्यका साथ उपकार सेवा नेपाल नामक संस्थाले वीरगन्जका विभिन्न वडाहरुमा गरि ५५ थान कम्बल वितरण गरेको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ मिथिला नगर, वडा नम्बर ४ भगवती टोल र वडा नम्बर २ लक्ष्मीनरायण टोलमा रहेको ५५ जना गरिब विपन्न र असाहयहरुलाइ संस्थाकी केन्द्रिय अध्यक्ष बिद्यादेवी सरावगीले कम्बल बितरण गरेको संस्थाका केन्द्रिय सदस्य सज्जन अग्रवालले बताए ।

Share your love