साहित्यकार प्रकट पगेनी गम्भीर बिरामी, उपचारमा आर्थिक अभाव
कविता, गीतसहित शृंगारिक गजलमार्फत प्रख्यात शिवको उपचारका लागि समस्या भएपछि आर्थिक संकलन अभियानसमेत थालिएको छ । साहित्यकार शिवको परिवारको आग्रहमा पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा आर्थिक संकलन थालिएको अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए ।
‘उहाँलाई ज्वरो आइरहेको थियो । हिजो बिहान अलि बढी नै समस्या देखिएपछि अस्पताल लगिएको थियो’, प्रकटका भतिज प्रज्वल पगेनीले भने, ‘उहाँमा धेरै इन्फेक्सन पनि देखियो । निमोनिया र जन्डिसले ग्रस्त पारेको रहेछ र उपचारमा पनि आर्थिक समस्या परेपछि सहयोगका लागि आग्रह गरिएको हो ।’