आईपीएल क्रिकेटमा आज गुजरात र दिल्ली खेल्दै
त्यसैगरी दिल्ली क्यापिटल्स ६ खेलमा दुई जितसहित ४ अङ्कका साथ पुछारबाट दोस्रो स्थानमा छ । गुजरात आईपीएलमा सहभागी हुँदा सन् २०२२ मा विजेता र अघिल्लो वर्ष उपविजेता बनेको थियो । दिल्ली सन् २०२० मा उपविजेता बनेको थियो । आईपीएल क्रिकेटमा गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई दुई विकेटले हरायो ।
शीर्ष स्थानमा रहेको राजस्थानको ७ खेलमा १२ अङ्क छ । कोलकता ६ खेलमा ८ अङ्कसहित दोस्रो स्थानमा यथावत् छ ।