सामाजिक सञ्जालमा सि.के राउतको चर्को आलोचना हुदै

निश्चित भूगोलका समुदायमाथि लक्षित गरी दिएको अभिव्यक्तिका कारण जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.चन्द्रकान्त उर्फ सिके राउतको अहिले जनसमुदायबाट नै चर्को आलोचना भैरहेको छ ।

जनमत पार्टी बाराले चैत्र ८ गते कलैयामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै डा.सिके राउतले बारामा कुनै माइको लाल छैन र , की याहा बाहिर कुनै फिरंगी नेता चुनाव लड्न आउछन , याहा कोई मर्द छैन त भनी भूगोल विशेषका समुदायमाथि भद्दा किसिमा टिप्पणी गरेका थिए ।

उनको यो भनाई लिएर सामाजिक सञ्जालमा अहिले चर्को आलोचना भईरहेको छ ।  कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले राउतलाई अस्लिल गालि समेत सामाजिक सञ्जालबाटै दिएका छन भने कतिले आफ्ना भनाई फिर्ता लिन उनलाई सुझाएका छन ।

बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सब्भा सदस्य रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भईसकेपछि यो क्षेत्र रिक्त छ । रिक्त रहेको क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन हुदै छ त्यसैको दौडमा रहेका राउत यतिखेर मधेश झरेका छन ।

उनले बारम्बार मधेशी समुदायलाई अगाडी बढ्नबाट रोक्ने गरेको मधेशी जनताको बुझाई छ । उनको जनमत पार्टी मधेश विरोद्धि गतिबिधिमा अगाडी बढेको मधेशका अगुवा बुद्धिजीवीको भनाई छ ।

हालै सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा अन्य राजनीतिक दल जसपाका संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिमा अगाडी सारेको बेला सिकेले आफ्नै उम्मेदवार यादवको बिरुद्धमा उठाएका थिए ।

तर अनन्त गएर जसपा नेता यादव उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।

Share your love