वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ । उहाँको गएराति न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

विसं २०१८ सालदेखि रेडियो नेपालमा काम गर्नु भएकी ताम्राकार निडर र हक्की स्वभावकी हुनुहुन्थ्यो।

लामो समयसम्म रेडियो नेपालमा काम गर्नु भएकी उहाँको रेडियो पत्रकारितामा अतुलनीय योगदान छ । ताम्राकार केही समयअघि उज्यालोले प्रसारण गर्ने कोरोना क्याप्सुलको प्रस्तोता समेत हुनुहुन्थ्यो ।  उहाँको आज दाहसंस्कार गरिने जनाइएको छ।

 

Share your love