साइबर क्राइमलाई आकर्षित हुने गरेर सामाजिक सञ्जालको दुरुपयोग बढ्यो स् सांसद बस्नेत

काठमाण्डौ – सांसद महेश बस्नेतले केही जनप्रतिनिधिहरुले साइबर क्राइमलाई आकर्षित हुने गरेर सामाजिक सञ्जाललाई दुरुपयोग गरेको आरोप लगाउनु भयो । बुधवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद बस्नेतले यस्तो बताउनुभएको हो ।

उहाँले अहिलेको राजनीतिक व्यवस्थालाई बिथोल्ने, नेता र कायकर्ताको बदनाम गराउने अन्तर्राष्ट्रिय तत्त्वहरु रहेको दाबी गर्नुभयो । उहाँले सूचना प्रविधि ऐनलाई व्यवस्थित गर्दै त्यस्तो कार्य गर्नेलाई कानूनी कारबाही गर्न आग्रह गर्नुभयो ।

सांसद बस्नेतले काठमाण्डौ महानगरले मापदण्ड मिचेको भन्दै भत्काएका संरचनाहरुको उचित समय र क्षतिपूर्ति दिनु पर्ने माग राख्नु भयो । उहाँले डेंगी रोग नियन्त्रण गर्न सरकारले उचित ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले नागरिकता विधेयक अब वर्तमान संसदको अवधि सकिएकाले अर्को संसदमा छलफल गर्नुपर्ने बताउनु भयो ।

Share your love