सांसद प्रदीप गिरिकाे निधनप्रति प्रतिनिधि सभामा शाेक प्रस्ताव पारित

काठमाण्डाै – प्रतिनिधि सभाले सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आज साेमवार बसेको बैठकले प्रतिनिधि सभा सदस्य (सांसद) गिरिको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो ।

प्रतिनिधि सभाको अर्को बैठक भदौ ७ गते मङ्गलवार बिहान १० बजे बस्ने गरी बोलाइएको छ ।

यसअघि राष्ट्रिय सभाले पनि प्रतिनिधि सभा सदस्य गिरिको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक भदौ १२ गते आइतबार अपराह्न १ बजेका लागि बोलाइएको छ ।

गिरिको उपचारका क्रममा गएकाे शनिवार राति साढे ९ बजे ललितपुरकाे नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

गिरि नेपाली कांग्रेस पार्टीबाट विसं २०५१ सालमा सिरहा जिल्ला क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो । त्यस्तै विसं २०६४ र २०७० सालको संविधान सभा चुनावमा समानुपातिक तर्फबाट निर्वाचित हुनुहुन्थ्यो भने विसं २०७४ सालमा सिरहा जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

 

Share your love