लगातार दोस्रो दिन पनि शेयर बजार घट्यो, १ अर्ब ७२ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – शेयर बजार आज दोस्रो दिन पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से ७ दशमलव ३८ अङ्कले घटेर २ हजार ५३ दशमलव १६ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन, विकास बैंक र होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय २२ वटा कम्पनीकाे ५२ लाख ३० हजार कित्ता शेयर एक अर्ब ७२ करोड ६२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २८ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज एनआईबीएल समृद्धि फन्डकाे शेयर झन्डै सात प्रतिशत र दोर्दी हाइड्रोपावर कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि अपर हेवाखोला जलविद्युत् र मन्दाकिनी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

Share your love