सर्लाहीमा शरीरबाट टाउको अलग भएको युवकको शव फेला

शरीरबाट टाउको अलग रहेको अवस्थामा सर्लाहीबाट एक भारतीय युवकको शव फेला भएको छ ।

सर्लाहीको हरिपूर्वा नगरपालिका – १ पथरा पूल भन्दा ५ सय मिटर पर झाडीमा बुधबार साँझ युवकको शव शरीरबाट टाउको अलग रहेको अवस्थामा फेला परेको हो । शव भारतको विहार राज्यस्थित सितामढि ग्रामपञ्चायत सोनबरसा –९ निवासी सिकु भनिने २८ वर्षीय शेखर सुमनको रहेको प्रहरीले जानकारी दियो ।

घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा पठाइएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Share your love