ओलीको प्रश्न-सोझै पैसा बुझ्नेलाई छाड्ने, टोपबहादुरलाई किन पक्राउ पुर्जी ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुँदा आश्चर्यचकित भएको बताएका छन् ।
सोझै पैसा समाउनेलाई छाड्ने तर टोपबहादुरलाई पक्राउ पुर्जी किन जारी गरिएको भनेर पनि उनले प्रश्न गरेका छन् ।
उनले थपे, ‘खास सोझै पैसा समाउनेहरु, पैसा बुझ्नेहरु छोड्ने अनि टोपबहादुरलाई पक्राउ पुर्जी जारी गर्ने किन गर्यो होला ? त्यसभित्र केही त नभएको होइन होला नि ? किन त्यसप्रकारको व्यवहार गरियो ?’
टोपबहादुरले सुरुमा अनुसन्धानमा सहयोग गर्छु भनेको तर त्यसअनुसार व्यवहार नभएकाले उनलाई अनुसन्धानमा सहयोग गर्न भनिएको ओलीले बताए ।
उनी निकटका मान्छेले आफूलाई फोन गर्दा आफूले प्रहरीमा उपस्थित भएर सामना गर्नुस् र अनुसन्धानमा सहयोग गर्नुस् भनेको ओलीको भनाइ छ ।
आरोप लाग्दैमा कसैलाई दोषी भन्न नहुने बताउँदै उनले भने, ‘तर आरोपबाट तर्किने हो भने, भाग्न खोज्ने हो भने सन्देह पैदा हुन्छ । त्यसकारण सच्याइको सामना गर्नुपर्छ । दोषी भए कारबाही भोग्नुपर्छ । दोषी नभए आत्तिनुपर्दैन ।’ -अनलाईन खबरबाट