सरोकारवालाको माग सम्बोधन हुने गरी शिक्षा विधेयक अघि बढाउनुपर्छ : रमेश लेखक

सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका प्रमुख सचेतक एवम् सांसद रमेश लेखकले सरोकारवालाहरूको चिन्ता र चासोलाई समेटेर विद्यालय शिक्षा विधेयकलाई अघि बढाउनुपर्ने बताउनुभएको छ ।

आज शुक्रवार प्रतिनिधिसभाकाे बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथिकाे छलफलका क्रममा सांसद लेखकले संविधानसम्मत ढङ्गले सरोकारवालाहरूको मागलाई सम्बोधन हुने गरी याे विधेयकलाई अघि बढाउनुपर्ने बताउनुभएको हो । उहाँले याे विधेयकलाई सहमतिकै आधारमा अघि बढाउन पनि सबै राजनीतिक दलहरूलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले यो विधेयकलाई पर्याप्त रूपले छलफल गरेर ल्याएको छ भन्ने कुरामा हामी विश्वास गरौँ । किनभने भर्खरै सम्बन्धित सरोकारवालाहरूको आन्दोलनलाई पनि सरकारले सहमतिमा टुङ्ग्याएको छ । यो विधेयकमा सरोकारवालाहरूको धेरै चिन्ता, चासो उठेका छन् । संविधानकाे मूल्य, मान्यता र भावनाअनुसार सरोकारवालाहरूको सबै चिन्ता र चासोलाई समेटेर सहमतिका साथ यो विधेयकलाई निष्कर्षमा पुर्‍याउनुपर्छ । ’

प्रमुख सचेतक लेखकले विद्यालय शिक्षा विधेयकलाई पारित गराउन पनि ढिलाइ गर्न नहुने बताउनुभयो ।

 

Share your love