सरकारद्वारा घोषित सहिदको सुचिमा पर्साका १८ जनाको नाउँ राजपत्रमा प्रकाशित (सुचीसहित)

सत्ता समिकरण फेरीसंगै सरकारले सहिदको ताजा सुची सार्वजनिक गरेको छ । राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेका दुई हजार छ सय ७४ जनालाई सहिद घोषणा गरेको हो ।

राजपत्रमा प्रकाशित सहिदको सुचिमा पर्साका १८ जना परेका छन ।  सुचिमा पर्नेहरुमा जिराभवानी -१ का दिनदयाल गुरो थारु , गीता लामिछाने , जिराभवानी -३ का राम सुरत दास थारु , जिराभवानी -५ का रामेश्वर राम ,राम सरत चौधरी , बागवाना-९ का कुलाई चौधरी , बागवाना – ४ का चुलाई दास थारु , गुरु प्रसाद बुर्लाकोटी , बागवाना -९ का ऋतु माझि मुसहर , पिडारीगुठी- ३ का वकिल रायभर , पिडारीगुठि -५ का राजमहमद मिया धुनिया ,  पटेर्वा सुगौलि – ४ का बिरुन राई , पर्सागढ़ी -२ का शिवचरण बस्नेत क्षेत्री , ठोरी -१ का बसन्त भण्डारी , मधुवल मथौल-४ का जितन महतो थारु र  महादेवपट्टि -२ का दिनदयाल गुरो थारु रहनुभएको छ ।

गत पुष २४ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम सहिद घोषणा गरी राजपत्रमा सूचना समेत प्रकाशन गरिएको छ ।

Share your love