सरकारको अनुहार हेरेर मेट्रो आउँदैन, महानगर मिलेर काम थालौँ : चिरीबाबु महर्जन

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले काठमाण्डौ उपत्यकामा अब मेट्रोको विकल्प नरहेको बताउनुभएको छ ।

शनिवार ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसका अवसरमा बोल्दै उहाँले काठमाण्डाै उपत्यकामा अब मेट्रोको विकल्प नरहेको बताउनुभएको हो । उहाँले मेट्रो रेल धेरै महंगो छ भनेर पछि हट्नु नहुने बताउनुभयो । उहाँले अब पनि मोटरसाइकल ल्याएर उपत्यकामा ट्राफिक जाम बढाउनु भन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्ने बताउनुभयो ।

उहाँले मेट्रो रेलको विकल्प मोेटरसाइकल किमार्थ हुन नसक्ने दाबी गर्दै उपत्यकामा मेट्रोको विकल्प नै रहेको बताउनुभयो । मेयर महर्जनले अन्तर्राष्ट्रिय अध्ययन अनुसार पनि ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य रहेको भन्दै ढिलाे नगरी मेट्रोको आवश्यक तयारी गर्नुपर्ने बताउनुभयो ।

उहाँले मेट्रो रेलको लागि सरकारको अनुहार हेरेर कहिल्यै सम्भव नहुने भन्दै काठमाण्डाै र ललितपुर महानगरपालिका लगायत काठमाण्डाै उपत्यकाका १८ वटा पालिकाको राम्रो भुमिका यसमा हुनुपर्ने बताउनुभयो । उहाँले विशेष गरी मेट्रो रेल सञ्चालनका लागि काठमाण्डाै महानगरपालिकाले प्रमुख भूमिका खेल्नुपर्ने बताउनुभयो ।

मेयर महर्जनले आफ्नो दोस्रो कार्यककालमा अझै बढी काम गरेर देखाउने दाबी पनि गर्नुभयो ।

Share your love