सेकेण्ड फेलोसिप क्रिकेट प्रतियोगिताको उपाधि पत्रकार महासंघ पर्सालाई

सेकेण्ड फेलोसिप क्रिकेट प्रतियोगिता २०२२ को उपाधि नेपाल पत्रकार महासंघ पर्साले उचालेको छ । वीरगंज स्थित ज्ञानदा एकडेमीमा  आज आयोजित प्रतियोगितामा रोटरी क्लबलाई ९ बिकेटले हराउदै  महासंघ बिजयी भएको हो । ६ ओभरको खेलमा रोटरी क्लबले  ६२ रनको टारगेट दिएको थियो ।  जवाफी व्याटिङ्गमा उक्रेको महासंघले ३ बल अगाडि नै १ बिकेटको क्षतिमा लक्ष्य भेटाएको थियो ।

प्रतियोगितामा सफल खतिवडा, सदाम हुसेन र अरबिन्द पटेलले आक्रमक ब्याटिङ्ग गरेका थिए । महासंघका कप्तान भुषण यादवले चौका प्रहार गर्दैैै खेल जिताएका थिए ।  यादवको कप्तानीमा खेलिएको प्रतियोगितामा आरोहण साह,राम मेहता,बिनय कुशवाहा, कृष्णा कुशवाहा,आनन्द पटेल,तिवारी यादवले उत्कृष्ट प्रर्दशन गरेका थिए ।  बैंकर एशोसियनलाई पराजित गर्दै सुखद सुरुवात गरेको महासंघले सेमिफाईनलमा वीरगंज उद्योग वाणिज्य  संघलाई पराजित गरि फाईनमा प्रवेश गरेको थियो ।

प्रतियोगिता अन्र्तगत खेलिएको तिन वटै खेलको म्यान अफदि म्याच महासंघका सदाम हसुेन र म्यान अफ दिन सिरिजको उपाधि पनि सदामले पाएका थिए । बलिङ्ग तर्फ महासंघका सदाम हुसेनले ह्याट्रीक लिदै प्रतियोगितामा कुल ६ बिकेट लिदै ३२ रन बनाएका थिए । त्यसैतै  प्रतियोगितामा सफल खतिवडाले २ तथा अरबिन्द पटेल र बिनय कुशवाहाले एक एक बिकेट हात पारेका थिए ।

प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी ,सहसचिव जितेन्द्र साह, कोषाध्यक्ष संजिव मिश्रा, बरिष्ठ पत्रकार बिजय कुशवाहा, तुलसी भण्डारी ,प्रेस चौतारी पर्साको कोषाध्यक्ष राकेश साह लगायतको उपस्थिती थियो । एनवाईईफ  र वीरगंज बैंकर्सको  आयोजनामा प्रतियोगिता सम्पन्न भएको थियो ।

Share your love