सप्तरी प्रहरीद्वारा झण्डै साढे दुई लाख रुपैयाँ बराबरको पटाका नष्ट

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले विभिन्न स्थानबाट बरामद गरिएको २ लाख ४५ हजार २०८ रुपैयाँ बराबरको पटाका नष्ट गरिएको जानकारी दिए।

जिल्लाको छिन्नमस्ता, बोदेबरसाईन ,बिष्णुपुर, बलान बिहुल, खडक नगरपालिका, हनुमानगर कंकालिनी, डाक्नेश्वरी, अग्नीसाइर कृष्णसबरणलगायत स्थानबाट उक्त पटाका बरामद गरिएको सिंहले बताए।

सिंहका अनुसार उक्त पटाका भारतबाट अवैध रुपमा भित्र्याइएको थियो।

Share your love