सप्तरीमा १८० किलो गाँजा बरामद

सशस्त्र प्रहरीले सप्तरीबाट १ सय ८० किलोग्राम प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर १ स्थित छोटी ब्यारेजको बेश क्याम्पबाट सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार आले नेतृत्वको टोलीले ९ वटा पोकामा रहेको १ सय ८० किलोग्राम गाँजा बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा खटिएको ७ जनाको मोवाइल गस्ति टोलीले झाडीमा लुकाईछिपाई राखिएको अवस्थामा उक्त परिमाणको गाँजा बरामद गरेको छिन्नमस्ता बाहिनीका बाहिनीपति एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) गणेश ठाडा मगरले जानकारी दिए ।

Share your love