चाडमा सरकार र केही विद्रोही समूह तथा नागरिक समाजबीच ‘राष्ट्रिय संवाद’ सुरु

चाडमा सेनाप्रति बफादार सरकार र केही विद्रोही समूह तथा नागरिक समाजबीच राष्ट्रिय संवाद सुरु भएको छ। यो वार्ता चाडका लागि ‘निर्णायक क्षण’ भएको सत्तारुढ सैनिकप्रति बफादार जुन्ता सरकारले बताएको छ।

सैन्य सरकार, नागरिक समाज, विपक्षी दल, ट्रेड युनियन र विद्रोही समूहका गरी झन्डै १५ सय प्रतिनिधि अबको तीन हप्तासम्म चल्ने राष्ट्रिय संवादका लागि राजधानी नाजामेनामा भेला भएका छन् । यी प्रतिनिधिबीचबाट एउटा वार्ता समिति बन्नेछ ।

समितिले नयाँ संविधान पनि बनाउनुपर्ने सहमति सरकार र विद्रोहीले गरेका छन् । समितिले बनाएको संविधानका धारालाई जनमत सङ्ग्रहमार्फत् अनुमोदन गर्ने वा नगर्ने अधिकार दिइनेछ । जुन्ताका प्रमुख जनरल महामत इद्रिस डेबीले वार्तालाई आफ्नोे देशको इतिहासमा निर्णायक क्षणको रूपमा बताउनुभएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

सरकारका प्रवक्ता अब्देरामने कौलामल्लाहले यो संवादले हतियारको सहारालाई रोकेर शान्तिका लागि अनुमति दिने विश्वास व्यक्त गर्नुभएको छ ।

 

Share your love