सप्तरीमा आचारसंहिता विपरीतका झन्डा र ब्यानर हटाइयाे

सप्तरी निर्वाचन अनुगमन टोलीले निर्वाचन आचारसंहिता विपरीतका प्रचारप्रसार सामग्री हटाएको छ । राजनीतिक दल र उम्मेदवारका तुल, ब्यानरसहितका प्रचारप्रसार सामग्री आज बुधवार हटाइएको हाे ।

सप्तरी क्षेत्र नम्बर २ राजविराजमा आचारसंहिता विपरीत नगरक्षेत्र नै कुरुप हुने गरी लगाइएको तुल, ब्यानर, पम्पलेटसहितका सामग्री हटाउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) अविनारायण काफ्लेले जानकारी दिनुभयाे ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले तीन दिनभित्र यस्ता सामग्री हटाउने राजनीतिक दलका नेताले प्रतिबद्धता जनाए पनि नहटाउँदा प्रहरी लगाएर हटाउन लागिएको बताउनुभएकाे छ ।

सप्तरी २ बाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, लोकतान्त्रिक वाम गठबन्धनबाट लोसपाका जयप्रकाश ठाकुरलगायतका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

Share your love