सन्दीपविरुद्धको मुद्दा अन्तिम सुनुवाइका लागि पेसी आज

क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दा आज ‘फास्ट ट्रयाक’बाट सर्वोच्च अदालतले टुंग्याउन लागेको छ । सन्दीपविरुद्धको जबरजस्ती करणी मुद्दाको अन्तिम सुनुवाइका लागि आज पेसी तोकेको छ ।

उनीविरुद्ध एक नाबालिगले गत भदौमा बलात्कार गरेको अभियोगमा उजुरी दिएकी थिइन् । सन्दीपले गत भदौ ५ मा एक होटलमा लगेर बलात्कार गरेको अभियोग पत्रमा उल्लेख छ । नाबालिगले भदौ २१ गते जाहेरी दिएकी थिइन् ।

यद्यपि चैत १३ गते अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।

Share your love