सन्दीपलाई भोलि दक्षिण अफ्रिका पठाउने क्यानको तयारी
एक नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा अदालतमा मुद्दा खेपिरहेका लामिछानेको मुद्दाको पेसी असार २९ गतेसम्मको लागि सरेपछि उनलाई भोलि दक्षिण अफ्रिका पठाउन लागिएको हो ।
नेपालले यही असार ३ गतेबाट जिम्बावेमा आयोजना हुने आईसीसी विश्व क्रिकेटको छनोट खेल खेल्दैछ । टिमका अन्य खेलाडि यसअघिनै दक्षिण अफ्रिका गएपनि लामिछानेको मुद्दा टुंगोमा नपुगेपछि नेपालमै बसेका थिए ।
अब भने मुद्दाको पेसी सरेसँगै उनी दक्षिण अफ्रिका जाने निश्चित भएको हो ।