सन्दीपको निवेदन हेर्न नभ्याइने सूचीमा

सन्दीप लामिछानेले दिएको निवेदनमा बिहीबार सुनुवाइ हुन सकेन । पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै सन्दीप लामिछानेले दिएको निवेदनमा बिहीबार सुनुवाइ हुन नसकेकाे हाे ।

लामिछानेको निवेदन उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो । तर हेर्न नभ्याइनेमा सूचीमा परेकाे हाे ।

बलात्कारको आरोपमा लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउने केही साताअघि आदेश दिएकाे थियाे ।

Share your love