सत्ता गठबन्धनले सात वटै प्रदेशहरूमा संयुक्त नेता–कार्यकर्ता भेला गर्ने

सत्ता गठबन्धनले सात वटै प्रदेशहरूमा संयुक्त नेता–कार्यकर्ता भेला गर्ने भएको छ । आउँदो चुनावमा तालमेल गरेर संयुक्त उम्मेदवार उठाएका गठबन्धनका दलले चुनावलाई नै लक्षित गरेर सात वटै प्रदेशमा संयुक्त रुपमा प्रदेश स्तरीय कार्यकर्ता भेला गर्ने निर्णय गरेका हुन् ।

कात्तिक पहिलो हप्तादेखि सुरु हुने भेलालाई शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । भेलालाई सफल बनाउन सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू र जिल्ला सभापति तथा अध्यक्षलेहरुले सहजीकरण गर्नेछन् । पहिलो भेला नेकपा एकीकृत समाजवादीको समन्वयमा ४ गते गण्डकी प्रदेशको पोखरामा र ४ गते नै नेपाली कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा हुनेछ ।

कात्तिक ५ गते कांग्रेसको समन्वयमा प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा, कात्तिक ६ गते नेकपा माओवादी केन्द्रको समन्वयमा सुदूरपश्चिमको धनगढी र कांग्रेसको समन्वयमा कर्णाली प्रदेशको सुर्खेतमा भेला आयोजना हुनेछ । अन्तिम भेला ७ गते माओवादीको समन्वयमा काठमाण्डौमा हुनेछ ।

Share your love