संविधान कार्यान्वयनका लागि कांग्रेसले नै म्यान्डेट पाउँछ – प्रकाशमान सिंह

काठमाडौं -नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको संविधान कार्यान्वयनका लागि निर्वाचनबाटै कांग्रेसले नै म्यान्डेट पाउने बताउनुभएको छ । लौहपुरूष गणेशमान सिंहको २५औँ स्मृति दिवसका अवसरमा गणेशमान सिह फाउन्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले मौका पाउँदा संसद् विघटन गर्नेलाई भन्दा जनताले कांग्रेसलाई नै म्यान्डेट दिने उल्लेख गर्नुभयो ।

संविधानको सफल कार्यान्वयनका लागि आगामी मङ्सिर ४ गतेको निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित निश्चित रहेको नेता सिंहले बताउनुभयो । स्थानीय तहलाई बलियो बनाएर शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा जनतामा अनुभूत हुनेगरी काम गर्नुपर्नेमा जोड दिँदै उहाँले सत्तागठबन्धनमा अहिले सिट बाँडफाँडका बारेमा छलफल भइरहेकाले छिटै निकास निस्कने जिकिर गर्नुभयो ।

Share your love