नागरिकता विधेयक प्रमाणीकरण नभए गणतन्त्र धरापमा पर्छ-उपेन्द्र यादव

काठमाडौं- जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नुको विकल्प नरहेको बताएका छन्।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संघीय संसदको दुवै सदनले दोहो¥याएर पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प नरहेको बताएका हुन्।

अध्यक्ष यादवले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभए मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने चेतावनी दिए।

Share your love