शुक्रबार देउवा, प्रचण्ड र नेपालले बुटवलमा प्रशिक्षण दिने

पाँच दलीय गठबन्धनका अगुवा नेता कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिन शीर्ष नेताहरु बुटवल आउन लागेको माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जिसीले जानकारी दिए । जिसीका अनुसार बुटवलको योगिकुटीस्थित एक होटलमा दिउँसो २ बजे प्रशिक्षण कार्यक्रम शुरु हुनेछ । लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रदेशभरिका एकहजार जना अगुवा नेता कार्यकर्ताहरु उपस्थित हुनेछन् ।

शीर्ष नेताहरुले शुक्रबार दिउँसोसम्म पोखरामा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण सकेर हेलिकोप्टरमार्फत बुटवल आउने कार्यक्रम रहेको छ । कार्यक्रमको तयारी भइरहेको जिसीले बताए ।

Share your love