शीर्ष स्थानकाे चर्च ब्वाइजले साताैँ स्थानकाे हिमालयनसँग खेल्दै

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज साेमवार दुई वटा खेल हुँदैछ । दुवै खेल दिउँसाे ३ बजे सुरु हुनेछ ।

ललितपुरकाे च्यासल मैदानमा हुने खेलमा शीर्ष स्थानकाे चर्च ब्वाइज युनाइटेड र साताैँ स्थानकाे हिमालयन शेर्पा क्लब खेल्दैछन् । चर्च ब्वाइजकाे १९ खेलमा ३६ अङ्क छ भने हिमालयन शेर्पाकाे उति नै खेलमा २५ अङ्क छ ।

आजै सातदाेबाटाेमा रहेकाे अखिल नेपाल फुटबल सङ्घको भवन (एन्फा कम्प्लेक्स) मा हुने अर्काे खेलमा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लब खेल्दै छन् । आर्मी १९ खेलमा २६ अङ्कसहित तालिकाकाे छैटाैँ स्थानमा छ भने फ्रेन्ड्स उति नै खेलमा २१ अङ्कसहित १३ औँ स्थानमा छ । फ्रेन्ड्स ‘रेलिगेशन जाेन’ मा रहेकाे छ । आजकाे खेलमा आर्मीलाई हराएमा फ्रेन्ड्सले ‘रेलिगेशन जाेन’ छाेड्नेछ ।

१४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

 

Share your love