शपथ लिएपछि राप्रपाका मन्त्रीहरु पुगे पशुपतिनाथ

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवनियुक्त मन्त्रीहरु पशुपतिनाथ मन्दिर दर्शन गर्न पुगेका छन्। राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि पशुपतिनाथ मन्दिर पुगेका छन्।

उपप्रधामन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह पशुपति मन्दिर दर्शन गर्न गएका हुन् ।

पशुपति मन्दिर दर्शनपछि सिंहदरबारमा आआफ्ना मन्त्रालयमा पदबहाली गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ।

Share your love