व्यक्तिगत रुपमा प्रचण्डप्रति सकारात्मक धारणा छ– माधव नेपाल

एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’प्रति सकारात्मक धारणा रहेको बताएका छन्। नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले व्यक्तिगत रुपमा प्रचण्डप्रति सकरात्मक धारणा रहेको बताएका हुन्।

तर सरकारलाई विश्वासको मत दिने विषयमा भने सबै पक्षको विष्लेषण गरेर मात्रै निर्णय लिने उनले बताए। अबको ध्यान पार्टी निर्माणमा रहेको उनले उल्लेख गरे। उनले विचार मिल्नेसँग मोर्चा बनाएर अघि बढ्ने पनि बताए। जसपासँग वार्ताको प्रक्रिया आरम्भ गर्ने पनि उनले बताए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुनै ठोस वार्ता नभएको पनि उनले बताए।

Share your love