वीरगंज एक मतदान केन्द्र: मतदान अधिकृत सहित सुरक्षाकर्मी सबै महिला

मतदान अधिकृतहरुमा जिल्ला अदालतका शाखा अधिकृतहरु क्रमशस् अन्जु परियार, जमुना धिताल र रितिका शर्मा रहेका छन् । शर्माले आफूहरुको सहायकको रुपमा खटिएका कर्मचारीहरु पनि महिला रहेको तथा सुरक्षा अधिकृत पनि महिला नै रहेको बताइन् । आफूले यसअघि पनि यसै वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी निर्वाह गरी सकेकाले यसपटक पनि समस्या नहुने उनले बताइन् ।

यो केन्द्रमा कुल २ हजार २ सय ५७ मतदाता रहेको उनले जानकारी दिइन् । जिल्लामा आइतबार हुने निर्वाचनका लागि ४५ महिला मतदान अधिकृत खटिएको जिल्लाका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए ।

जिल्लामा निर्वाचनका लागि करिब ११ हजार जनशक्ति खटिएका छन् । तिनमा ४ हजार ६ सय सुरक्षाकर्मी, २ हजार म्यादी प्रहरी, ४ हजार ५ सय कर्मचारी र स्वयंसेवक छन् । ३ लाख ४५ हजार मतदाता रहेको जिल्लामा १ सय ६७ स्थायी र २ अस्थायी गरी १ सय ६९ मतदानस्थल छन् । ४ सय १५ स्थायी र २ अस्थायी गरी ४ सय १७ मतदान केन्द्र छन् ।  साभार: कान्तिपुर

Share your love