पर्सामा नगद १ लाखसहित एकजना स्वतन्त्र उम्मेदवार पक्राउ

प्रदेश र  प्रतिनिधि सभा सदस्यको निर्वाचनको पूर्व सन्ध्यामा पर्सा क्षेत्र नम्बर १ मा मतदातालाई बाड्न लगिएको नगद सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ चोर्नीबाट स्वतन्त्र उम्मेदवार किशोरी प्रसाद यादवलाई १ लाख रुपैया नगदसहित प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।

प्रचारप्रसार गर्न नपाउने भनेर स्थिर समय शुरु भइसकेपनि यही समयमा मतदाता रिझाउन रकम बाँड्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

Share your love