वीरगंजको अलौमामा पनि आयो बचत तथा ऋण सहकारी संस्था

वीरगंज – वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौ स्थित सूर्यमुखी सहकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको उद्घाटन भएको छ । सोमबार एक कार्यक्रमको बीच केन्द्रीय सहकारी संस्था लिमिटेड फिल कार्यालय पर्साका नेफ्स्कुन सञ्चालक हरेराम पटेलले सूर्यमुखी सहकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पटेलले उक्त संथाको प्रगतिको कामना गर्नुभयो । उहाले जनताको मनो भवना जितेर काम गर्न सञ्चालक समितिलाई आग्रह गर्नुभयो । उक्त संस्थाको कर्मचारीलाई बधाई ज्ञापन गर्दै पटेलले सबैजनाले एकमुस्ट आफ्ना जागर लगाएर काम गर्नुहुनेछ भनी बिश्वास व्यक्त गर्नुभयो ।

सो उद्घाटन कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साका कर्मचारी रामअनुप यादव , नेफ्स्कून फिल्ड कार्यालय पर्सा शाखा प्रमुख बिजेश गुप्ता, राष्ट्रिय सहकारी बैकका शाखा प्रबन्धक संजय महतो, ऋण प्रमुख रबिन्द्र पंडित, महिमा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिदयानारायण साह, लगायतले उक्त संस्थालाई प्रगतीको कामना गर्नुभयो ।

Share your love