पर्सा क्षेत्र न.२ ख बाट प्रदेश सभा सदस्यमा माओवादीका युवा नेता गुप्ता लड़ने

वीरगंज -वि.सं.२०६१ सालमा अनेरास्ववियू (क्रान्तिकारी) पन्नालाल स्कूल कमिटि अध्यक्षबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेको वीरगन्ज–१० घडिअर्वाका युवा नेता प्रदेश सभा सदस्य लड़ने भएका छन।

जनयुद्धबाट स्थापित नेकपा माओवादीको विद्यार्थी राजनीतिबाट यात्रा शुरु गरेका गुप्ता २०६३ सालमा अनेरास्ववियू क्रान्तिकारीको नगर कमिटिको सदस्य हुँदै २०६४ सालमा अनेरास्ववियूको जिल्ला सचिवालय सदस्यको रूपमा पनि काम गर्ने अवसर पाए। लगत्तै २०६५ सालमा ठाकुरराम क्याम्पसको स्ववियू सदस्यमा चुनावी प्रतिस्पर्धा पनि गरे ।

२०६६ सालमा ठाकुरराम बहुमुखी क्याम्पसको इकाई कमिटि अध्यक्ष हुँदै २०६७ सालमा भोजपुरा राज्यकमिटी सदस्य पनि भएका थिए । २०६८ सालमा अनेरास्ववियू क्रान्तिकारीको तेश्रो जिल्ला सम्मेलनबाट जिल्लाको सचिव हुँदै विं.सं.२०६९ सालमा अनेरास्ववियु क्रान्तिकारी १८ औं राष्ट्रिय सम्मेलनको दोश्रो बैठकबाट केन्द्रिय समिति सदस्यमा मनोनित भएका थिए ।

विद्यार्थी राजनीतिमा निरन्तर लाग्नुभएका प्रभाकर २०६९ मा मुख्य जिम्मेवारीमा रहेर सामाजिक क्षेत्रमा पनि सक्रिय रहनुभएको छ। उहाँ अहिले नेकपा माओवादी केन्द्र पर्साको जिल्ला कमिटि सदस्य समेत भइसकेका छन् ।

यसले पार्टीमा युवा हरुको योग्यतालाई सम्मान गरेको प्रभाकरको बुझाई छ। बि.सं.२०६९ सालको स्ववियू निर्वाचनमा अनेरास्ववियू क्रान्तिकारीको तर्फबाट ठाकुरराम बहुमुखी क्याम्पसको सभापतिमा दाबेदार रहेका थिए ।

उहाँको जित निश्चित भएपनि तत्कालिन अवस्थामा झलनाथ खनाल प्रधानमन्त्री भएको बेला चुनाव स्थगित भयो। २०७३ सालमा संगठनको सचिवालय सदस्य हुँदै फेरी २०७३ सालको स्ववियू निर्वाचनमा सभापतिको फेरी दावेदार रहेका थिए ।

त्यो बेला पनि मधेस आन्दोलनले गर्दा स्ववियु निर्वाचत स्थगित हुन पुग्यो। त्यतिखेर नै नेपालको विद्यार्थी राजनीतिमा उमेर हदको बहस शुरु भयो । अन्ततः २८ वर्षे उमेर हदका कारण गुप्ताको क्याम्पसको राजनीति अन्त्य भयो तर यात्रा त्यहि टुंगिएन। आफ्नो राजनीतिक संघर्षलाइ फेरी पनि निरन्तरता दिदै अनेरास्ववियु (क्रान्तिकारी) को इतिहासमै बि.सं. २०७४ सालमा पहिलो पटक निर्वाचन भयो। गुप्ता केन्द्रीय सचिवमा उम्मेदवार बने ।

निर्वाचन आयोगको प्राबिधिक कमीकमजोरीले गर्दा चुनाव झिनो मतले हारे। तथापी राजनीतिमा अबिचलित भई आफ्नो सक्रियता जारी राखे । पार्टी कमिटिमा काम गर्दै आउँदा अनेरवाबियु क्रान्तिकारी निर्वाचन समितिको आग्रहमा केन्द्रीय कमिटि सदस्य तथा प्रदेश २ को सह–संयोजकमा संगठनले मनोनित गर्‍यो ।

वि.सं. २०७५ सालमा देशका २ ओटा ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओबादी केन्द्र मिलेर नेकपा बनेपछि पनि नेकपा पर्सा जिल्ला कमिटि सदस्य तथा अनेरास्ववियको केन्द्रीय सदस्यको जिम्मेवारी पाए ।

बि.स २०७८ सालमा अनेरास्वबियू क्रान्तिकारी को २२ ओ रस्ट्रिय सम्मेलन बाट संगठन को केन्द्रिय सचिव मा निर्वाचित भएका छन। पार्टीको विभिन्न कमिटिमा रहदै विभिन्न आन्दोलनमा सक्रिय रूपले काम गर्नेक्रममा पटक पटक प्रहरी हिरासतमा पनि बसेका छन्।

पर्सा जिल्ला बिरगंज–१० घडिअर्वाका युवा विद्यार्थी नेता प्रभाकर गुप्ताको राजनीति अविछिन्न रुपमा माओबादी पार्टीको सिद्धान्तमा रही विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) मा काम गर्दै आएका छन्।

नेकपा माओवादी केन्द्र प्रदेशसभा निर्वाचन क्षेत्र २ को (ख) का इन्चार्ज समेत रहेका गुप्ता आगामी मांसिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा चुनाव लड़ने इच्छा व्यक्त गरेका छन ।

उनी सब भंदा पहिला आफ्नो निर्वाचन क्षेत्र का जनताहरु लाई संबिधान मा बेवस्था भएको शिक्षा स्वास्थ्य र रोज़गार को राम्रो प्रबन्ध मिलाउनु को साथै हरेक मुख्य सड़क लाई कालों पत्रे गर्ने साथै सहायक सड़क लाई ढलान गर्ने प्रतिबदता व्यक्त गरेका छन । शिक्षामा सामुदायिक विद्यालयहरुको स्तरउन्नति गर्नु को साथै अस्पताल हरु लाई प्रविधियुक्त अस्पताल बनाउने जनाएका छन।

Share your love