विश्व कप फुटबल हेर्न थप ५ सय रुपैयाँ लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले विश्व कप फुटबल देखाउने नाममा ग्राहकबाट थप पाँच सय रुपैयाँ लिने शुल्क कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । प्रकाशमान सिंह राउतको एकल इजलासले विश्व कपका नाममा थप पाँच सय रुपैयाँ असुल्दा ग्राहकमाथि अपूरणीय क्षति हुनसक्ने भन्दै अतिरिक्त शुल्क लिने निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो ।

केही निजी कम्पनी र सरकारको साँठगाँठमा उपभोक्ता अधिकार विपरीत अतिरिक्त पाँच सय रुपैयाँ असुल्ने निर्णय भएको भन्दै उपभोक्ताहरूको तर्फबाट अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले रिट दायर गर्नुभएको थियो । सर्वोच्चले निवेदकले भनेअनुसार नै शुल्न नलिन अल्पकालीन अन्तरिम आदेश दिँदै कात्तिक २७ गते छलफल गर्न दुवै पक्षलाई बोलाएको छ ।

रिट निवेदकले सञ्चार मन्त्रालयसहित विश्व कपको प्रत्यक्ष प्रसारणको अनुमति लिएको मिडिया होम तथा टेलिभिजन सेवा प्रदायकसमेतलाई विपक्षी बनाएका छन् । मङ्सिर ४ गतेदेखि सुरु हुने विश्व कप फुटबलको नेपालमा प्रत्यक्ष प्रसारणको अधिकार पाएको मिडिया हब कम्पनीले ग्राहकबाट अतिरिक्त पाँच सय रुपैयाँ असुल्ने निर्णय गरेर विज्ञापनसमेत सुरु गरिसकेको छ ।

 

Share your love