महिला सशक्तीकरण मेरो पहिलो प्राथमिकता –डा.मधु

वीरगंज –पर्सा क्षेत्र नम्बर ३ (ख ) बाट प्रदेश सभा सदस्यकी उम्मेद्वारी दिनुभएकी डा.मधु गुप्ता कुर्मीले मेरो पहिलो प्रथमिकता महिला शसक्तिकरण रहेको बताउनुभएको छ ।

पर्साको पकहाँमैनपूर गाउँपालिकाको वडा नम्बर ४ धोरेमा आज मंगलबार चुनावी घरदैलोको क्रममा पुग्नुभएकी डा.मधु गुप्ता कुर्मीले त्यहाका स्थानीय संग कुरा गर्दै मेरो पहिलो प्राथमिकता महिला शसक्तिकरण हुने बताउनुभएको हो ।

अहिले पनि गाउँ घरका महिलाहरु चुलो चौकामा मत्र सिमित रहेको बताउदै डा.मधु गुप्ता कुर्मीले महिलालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको हाम्रा सहकर्मी बिशाल यादवले जानकारी दिनुभयो । चुनाव नजिकिए संगै डा.गुप्ता कुर्मी चुनावी घरदैलो कार्यलाई अझै जोडले निरन्तरता दिनुभएको छ ।

त्यसै क्रममा उहाले पर्साको बहुदरमाई नगरपालिकोको वडा नम्बर १ बिश्रामपूर , वडा नम्बर ७ फुलकौल , छपकैया , बिन्दवासिनी गाउँपालिकाको हरिनगर हुदै पकहाँमैनपूर गाउँपालिकाको बिभिन्न वडाको मतदाता संग आज सोमबार भेट्दै घरदैलो कार्यक्रम गर्नुभएको छ ।

त्यस क्रममा उहाले आफुलाई छाता चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको छ । उहा संगै जसपाका नेता कार्यकर्ता लगायतको सहभागिता घरदैलो कार्यक्रममा रहदै आएको छ । जनता समाजवादी पार्टी नेपाल र नेकपा एमालेको संयुक्त गठबन्धनबाट पर्सा क्षेत्र नम्बर ३ को ( ख ) बाट प्रदश सभा सदस्यको लागी उम्मेद्वारी दिनुभएको छ ।

Share your love