विपन्नलाई १० हजार किरिया खर्च दिने कांग्रेसको घोषणा

नेपाली कांग्रेसले विपन्न नागरिकलाई मृत्यु संस्कारका लागि १० हजार दिने घोषणा गरेको छ । ‘विपन्न आर्थिक अवस्था भएका नागरिकको मृत्यु हुँदा मृत्यु संस्कार खर्च १० हजार स्थानीय सरकार मार्फत् उपलब्ध गराउने’ कांग्रेसले शनिबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा उल्लेख छ ।

कोखदेखि शोकसम्म विभिन्न कार्यक्रम घोषणा गरेको कांग्रेसले मृत्यु संस्कारको विषयलाई समेटेको हो । ३ वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्नेदेखि ५ वर्षभित्र सबै नागरिकको बिमा र बिमामार्फत गम्भीर प्रकृतिका रोगको उपचार सुनिश्चित गर्ने बाचा कांग्रेसले गरेको छ ।

६५ वर्षमाथिका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न, अत अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयंमसेविकालाई निःशुल्क बिमा गर्ने बाचा गरिएको छ ।
Share your love